विमानस्थलबाट ९ किलो सुनसहित एक जना पक्राउ

16.6k Shares

काठमाडौं, १९ माघ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट किलो १३५ ग्राम सुनसहित क्यानडाका एक नागरिक पक्राउ परेका छन्

गएराति दुबईबाट काठमाडौं ओर्लिएका मोहम्मद कमाल माहगौबलाई भन्सार क्षेत्रको एकसरे चेकजाँचको क्रममा पक्राउ गरिएको हो उनले आफ्नै शरीरमा प्लास्टिकमा प्याक गरी बोकेको सेमी लिक्युड सुन करिब किलो १३५ ग्राम बरामद भएको प्रहरीले जनाएको

केएमसी अस्पताल सिनामंगलमा उनको स्वास्थ्य परीक्षण गरेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार एएम २६६५४८ नम्बरको पासपोर्ट बोकेका उनी फ्लाई दुबईको एफ जेड२५७३ मार्फत गएराति पौने १२ बजे काठमाडौं ओर्लिएका थिए उनलाई १२ बजेर १० मिनेटमा भन्सार टोलीले नियन्त्रणमा लिएको थियो स्वास्थ्य परीक्षण गरेर उनलाई गौशाला प्रहरीमा लैजाँदा बिहीबार बिहान करिब बजेको थियो

सम्बन्धित समाचार