डोनाल्ट ट्रम्पले दिए राष्ट्रपति भण्डारीलाई शुभकामना 

18.3k Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत नेपाललाई शुभकामना सन्देश पठाएका छन् ।

नेपालले हरेक असोज ३ गते संविधान दिवस मनाउँदै आएको छ । संविधानसभाबाट संवत् २०७२ असोज ३ गते संविधान जारी गरिएको थियो । 

संविधान दिवसको अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पले नेपाली जनता र राष्ट्रपति भण्डारीलाई शुभकामना दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

यसअघि आइतबार चिनियाँ राष्ट्रपति सी जिनफिङले पनि शुभकानमा सन्देश पठाएका थिए ।

सम्बन्धित समाचार