मोटरसाइकल चोरलाई अभद्र मुद्दा, सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन सक्रिय

16.6k Shares

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाका ईन्सपेक्टर रामकृष्ण देवकोटाले असुली गर्न विभिन्न हतकण्डा अपाउन थालेको खुलेको छ । 
ईलाका प्रहरी कार्यालय सबैलका घुमुवा मार्फत ईन्सपेक्टर देवकोटाले गहन मुद्दालाई समेत हलुको बनाएर मोटो रकम बार्गेनिँग गर्ने गरेको खुलासा भएको छ । सबैलाका ईन्सपेक्टर देवकोटा कुनै घटनामा अपराधी जोगाउन आफै सक्रिय के छ कसो छ शंकास्पद कुरा रहन्छ तर बाहिर हल्ला पनि उतिकै रहने । 
बाहिर घुमुवा परिचालन पनि गरेका छन् । यस्ता प्रहरीलाई छानबिन गरी बिभागले कार्वाही गर्छन् । केही दिन अगाडी तिनकोरीयाबाट एक मोटरसाइकल चोरी भएको घटनामा चोरलाई अभद्र व्यवहारको मुद्दा लगाएर उन्मुक्ति दिएको पाईएको छ । 
मोटरसाईकल चोरलाई चोरीको मुद्दा लगाउनुको साटो साधारण अभद्र व्यवहारको मुद्दा लगाएर उन्मुक्ति दिएको पाईएको छ । बिरेन्द्रबजारदेखि महिनाथपुर सडक खण्डमा पर्ने यो घटना गत जेठ १२ गते ४ः१५ बजेको समयमा सबैला नगरपालिका वडा नम्बर १० अन्तर्गत सिमराढीमा ट्राफिक प्रहरी चेकजाँच गर्दै थिए । 
प्रदेश २–०२–००६ २६०७ नम्बरको उक्त मोटरसाइकल कागजात चेकजाँच क्रममा चोरी गरेको भन्दै काशिन्द्र पासवान पक्राउ पर्यो। ट्राफिक प्रहरी जवानले इलाका प्रहरी कार्यालय सबैलामा तुरुन्तै खवर गरेर मोटरसाईकलसहित पासवानलाई समेत लग्यो । ट्राफिक प्रहरी जवानले माथिल्लो निकायमा पनि कागजात तयारी पारेर पठाएको छ । तर, ईलाका प्रहरी कार्यलय सबैलाका इस्पेकटर देवकोटाले चोरी आरोपमा पक्राउ परेका पासमानमाथी अभद्र व्यबहारको मुद्दा चलाएर थुनामा राखेका छन् । चोरी आरोपमा पक्राउ परेकालाई इस्पेकटर आँफै जोगाउन लागेको रहस्य खुलेको छ । चोरी गरेको भन्दै रंगेहात पक्राउ परेका पासवान धनुषाको बिदेह नगरपालिका वडा नम्बर ५ बस्ने हठीपुरका बासिन्दा रहेको छ । उनलाई पक्राउ पछि सबैलाका इस्पेकटर रामकृष्ण देवकोटाको कमान्डमा खटेका प्रहरीलाई निर्देशन दिएर अभद्रव्यबहार मुद्दामा तुरुन्तै परिणत गरिएको छ । सबैलाका इस्पेकटर यस्ता कार्य पहिलादेखि नै गर्दै आएको हो घटना बाहिरिएका थिएनन् । इस्पेकटर आफै प्रहरी पोसुवा पालेका हुन एक घुमुवाको रुपमा परिचालन गरेका बिधान्नद यादव रहेका ईलाका प्रहरी सबैलाका सबै घटनामा हात रहेको स्रोतको दाबी रहेको बताए । यादवले निवेदनदेखि पन्चायतसम्म मिलाउने घटना वा ब्यापारी पैसा असुलने गरिएको बताए । निवेदन दिएका पिडीतसंग पक्राउ गर्ने बापतका लागि पैसा मागने गरेको नाम नखोल्ने शर्तमा एक व्यापारीले बताए । इलाका प्रहरी कार्यलय सबैलाका ईन्स्पेक्टर देवकोटाले घुमुवा विद्यानन्द यादवलाई चलाईरहेका छन् । घटना मिलापत्र गराउन पैसाको चहलखेल गरिदै आएका छन । मोटरसाइकल धनी धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ६ मोरहाका बासिन्दा हलिमा खातुनको नाममा रहेको छ । चेकिँगमा रहेका ट्राफिक प्रहरीले समेत चोरीको मोटरसाईकलको उजुरी गरेको प्रतिक्रिया दिएका छन् । पासवानसँग बिलबुक, लाईसेन्स केही नभएको अवस्थामा सो मोटरसाईकल चोरीको फेला पारी उजुरी गरिएको थियो । यता, सबैलाका ईन्सपेक्टर देवकोटाले त्यस्तो केही पनि नरहेको प्रतिक्रिया दिएका छन् । उनले ट्राफिकसँग अभद्र व्यवहार गरेपछि उनलाई अभद्र व्यवहारको मुद्दा चलाएको बताए । यद्यपी, ट्राफिकले भने आफूसँग कुनै अभद्र व्यवहार नभएको दाबी गर्दै मोसा चोरीको मात्र उजुरी गरेको बताएका छन् । सो चोरी भएका मोटरसाईकलको रिपोर्ट प्रहरीमा लेखाएर फेला परेपछि मोसा धनीले आफ्नो गाडी समेत लिएर गएका छन् । काशिन्द्र पासवानलाई अझै ईलाका प्रहरी कार्यालयले हिरासतमा राखेका छन् ।

सम्बन्धित समाचार