जिप्रका सर्लाहीका प्रमुखदेखि हबल्दार मेजरसम्म असुली धन्दामा, सहायक हबल्दार सिंह जिल्ला तानिए

19.5k Shares

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुखदेखि हबल्दार मजेरसम्म असुली धन्दाको विषयमा समाचार आएपछि सहायक हबल्दारलाई कार्बाहीका लागि तानिएको छ । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख, प्रहरी प्रवक्ता, प्रहरी नायव उपरिक्षक, प्रहरी निरिक्षक र प्रहरी बरिष्ठ सईको मिलेमतोमा सर्लाहीमा असुली धन्दा मौलाएको विषयमा समाचार प्रकाशन भएपछि सिमा प्रहरी चौकी संग्रामपुरमा कार्यरत प्रहरी सहायक हबल्दार राजेश सिंहलाई कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय तानिएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रविण पोख्रेल, प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक विजय यादव, प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक सुरेश ठाकुर, जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुवेदार मेजर प्रहरी वरिष्ठ सई असोक गुप्ता र हबल्दार मेजर श्याम कुमार पटेलको मिलेमतोमा जिल्लाका सिमानाकाहरुमा रहेका प्रहरी युनिटहरु र क्युआरटीमा खटिने प्रहरी कर्माचारीहरुबाट चर्काे कमिसन असुल्ने गरिएको एक प्रहरी अधिकारीले दिएको सुचनाको आधारमा समाचार प्रकाशन भएपछि आन्तरीक कुरा बाहिर ल्याएको आशंका गर्दै सिमा प्रहरी चौकी संग्रामपुरमा कार्यरत प्रहरी सहायक हबल्दार सिंहलाई कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय तानिएको एक प्रहरी अधिकारीले जानकारी दिए । जिल्लाको पुर्व संग्रामपुरदेखि पश्चीमको छतौनासम्मको सिमानामा रहेका हरेक प्रहरी युनिटहरुबाट जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेल,प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक यादव,प्रहरी नायव उपरिक्षक श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक ठाकुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुवेदार मेजर प्रहरी वरिष्ठ सई गुप्ताले चर्काे कमिसन असुल्ने गरेका खबर प्राप्त भएपछि सञ्चार माध्यामहरुमा समाचार प्रकाशन भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेललाई प्रहरी प्रधान कार्यालयमा सोधपुछका लागि तानिएको समेत प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका हबल्दार मेजर पटेलले क्युआरटि डिउटी मिलाई दिए वापत हस्ताको रु २ हजार ५ सय र सुवेदार मेजरले हस्ताको रु १ हजार ५ सय कमिसन लिने गरेका एक प्रहरी अधिकारीले नै बताए । जिल्लाको पुर्वी सिमानामा रहेको सिमा प्रहरी चौकी संग्रामपुर, नारायणपुर, पर्सा, त्रिभुवननगर, खुटौना, भाँडसर, बारा उद्योरण, मधुवनीगोठ, बहादुरपुर, बधुवनगाउँ, अर्नाहा,छन्कीटोला, खैर्वाबहुअर्वा, रामनगर बहुअर्वा, फेनरा, बलरा र छतौना सम्मका हरेक प्रहरी चौकीहरुबाट प्रति महिना रु २५ हजार र सिमा प्रहरी चौकी गोरखकालीबाट मासिक रु ७० हजार कमिसन असुल्ने गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक प्रहरी अधिकारीले बताए । जिल्लाका सिमानाबाट हुने भन्सार छलीका सामानहरु ओसार पसारमा सहजता प्रदान गरिदिन भन्दै तस्करहरुबाट सिमामा रहेका प्रहरी युनिटका प्रमुखहरुले कमिसन असुल्ने र जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई बुझाउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेललाई मासिक रु ५० हजार,ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रलाई मासिक रु ५० हजार,शसस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी मधेश प्रदेशका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी डिआईजी गणेश बहादुर ठाडा मगर, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी प्रमुख प्रहरी डिआईजी मसाउद आलम खाँलाई मासिक रु १ लाख कमिसन दिने गरेको जिल्लाका ठूला भनिएका चिनी तथा कपडा कारोबारीले बताए । जिल्लाका सिमा प्रहरी चौकीहरुमा प्रमुख भएर जान जिल्ला प्रहरी कार्यालय सर्लाहीले प्रहरी चौकी गोरखकालीलाई मासिक रु ७० हजार र अरु सिमा प्रहरी चौकीहरुमा मासिक रु २५ हजार बुझाउनु पर्ने भनेर टेन्डर नै लगाउने गरेको एक प्रहरी अधिकारीले बताए । उनले भने जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी सावेह,डिएसपी साहेवहरु,इनिस्पेक्टर साहेव र सुविदार मेजरलाई कमिसन बुझाउन नसक्नेलाई सिमा प्रहरी चौकीमा प्रमुख भएर जान पाउने सपना सपना मै सिमिति हुन्छ । यसबाट पनि प्रष्ट हुन्छ की जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेल,प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक यादव, प्रहरी नायव उपरिक्षक श्रेष्ठ,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरिक्षक ठाकुर र जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुवेदार मेजर प्रहरी वरिष्ठ सई गुप्ताको मिलेमतोमा अवैध कारोवारी गर्नेहरुको रजाई भएको छ । जिल्लाका सिमानाकाहरुबाट भारतबाट आयात हुने अधिकांश खाद्यान्नदेखि लत्ताकपडाको तस्करी हुने गरेको पाइएको छ । जिल्लाका नाकाहरुबाट रातको समयमा भारतबाट आयात हुने अधिकांश खाद्यान्नदेखि लत्ता कपडाको सिमामा रहेका प्रहरी चौकीहरुले समन्वय गरि दिने गरेका एक व्यापारीले बताए । जिल्लाका सिमा प्रहरी चौकीहरुका प्रहरी प्रमुख र प्रहरी कर्माचारीहरुको संरक्षणमा नेपालबाट भारततर्फ चिनी, तेल, सुर्तीजन्य पदार्थहरु, स्याउ, युनिलिभरका नक्कली उत्पादन,कस्मेटिक्स सामानहरूका साथै केराउ,मरिच र छोकडाको तस्करी हुने गरेको स्रोतको दाबी छ । त्यसका साथै मद्यिरा पनि व्यापक रुपमा भारततर्फ जाने गरेको छ । भारतको बिहार राज्यमा मद्यिरा निषेध भएकाले नेपालका सीमावर्ती नाकाबाट मद्यिराको तस्करी हुँदै आएको छ । सिमाको सुरक्षार्थ खटाइएका सुरक्षाकर्मीहरु कै सेटिङमा तस्करीको लाइन खुल्दा दुधको साँची बिरालो भने झैँ भएको एक स्थानियले बताए । जिल्लाका चर्चित व्यापारीहरुले तस्करी गर्ने गरेका र त्यस वापत प्रहरी कर्माचारीहरुले चर्काे कमिसन असुल्ने गरेका छन् । जिल्लाका चर्चित तस्करको नाम कमाएका तस्करहरुले जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षकलाई मासिक रु ५० हजार र ईलका प्रहरी कार्यालय र जिल्लाका सिमामा रहेका प्रहरी चौकीहरुलाई ५ हजारदेखि १५ हजारसम्म कमिसन बुझाउने गरेका एक व्यापारीले बताए ।

उनिहरुले यूनिलि भर नक्कली सामान,केराउ, मरिच,छोकडा,कपडा,सुर्ती जन्यपदार्थ र किरानाका सामानहरु समेतको ओसार पसार हुने गरेका छन् । यता,जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पोख्रेलले अहिले सम्म कसैले पनि कमिसन बुझाउन नआएको र कसैबाट पनि कमिसन नलिएको बताए । तर सादा पोशाकमा प्रहरी कर्माचारीहरुलाई खटिएका र केही प्रहरी युनिटहरुका प्रमुखहरुबाट कमिसन आउने गरेको प्रहरी कर्माचारीहरु नै बताउँछन् । साथै जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक यादवले महिना पुगेकै दिन जिल्लाका सिमानामा खटिएका प्रहरी कर्मांचारीहरुका साथै सिमा प्रहरी चौकीका प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बोलाउने र कमिसन असुल्ने गरेका छन् ।


सम्बन्धित समाचार