हट्यो चक्रपथभित्रको निषेधाज्ञा

10k Shares

 

काठमाडौं– काठमाडौंको चक्रपथभित्रको निषेधाज्ञा हटेको छ। 

राजावादी आन्दोलानलाई लक्षित गरी सिफल, कोटेश्वर र बल्खु बाहेक चक्रपथ भित्रका सबै क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सूचना निकालेर चक्रपथभित्रका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाइएको जानकारी दिएको हो।

काठमाडौं जिल्लाको चक्रपथ र चक्रपथ भित्रका तोकिएको स्थान बाहेकका सार्वजनिक स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा लगायतका विरोधका कार्यक्रमहरू गर्न निषेध आदेश जारी गरेको थियो।

तर, हाललाई अब निषेधाज्ञा कायम नरहेको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जानकारी दिएको छ।image-5-1-1750408411.png

सम्बन्धित समाचार