मितेरी डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव, नगद र बोनस कति ?

16.4k Shares

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटडेले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई बोनस र नगद गरी कुल १३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।  

बैंकले हाल कायम रहेको चुक्ता पुँजीको १२.३५ प्रतिशतका दरले हुन आउने ११ करोड १५ लाख ७३ हजार ३६६ रुपैयाँ बराबरको बोनस र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । 

हाल बैंकको चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजार रुपैयाँ रहेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।  

सम्बन्धित समाचार