15k
Shares
काठमाडौँ । आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८-७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाइ ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण नियाल्दा सूचिकृत फाइनान्स कम्पनीहरूमध्ये सबैभन्दा धेरै लाभांश क्षमता आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडको थियो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई अधिकतम १०.५ प्रतिशतसम्म लाभांश दिनसक्ने क्षमता थियो । गत आर्थिक वर्षमा कम्पनीको वितरणयोग्य मुनाफा ११ करोड ८४ लाख ८४ हजार रुपैयाँ रहेको छ ।