स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनमा एससिटी र एभरेष्ट बैंकबीच सम्झौता

16.8k Shares

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिज (एससिटी) तथा एभरेष्ट बैंकबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ।

सम्झौता पत्रमा स्माटच्वाईस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र एभरेष्ट बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्माले हस्ताक्षर गरेका हुन्।

बिगत २० वर्षदेखि कार्डलगायत भुक्तानीका विभिन्न सेवा दिँदै आएका स्मार्टच्वाईस टेक्नोलोजिज र स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइ बनेको एभरेष्ट बैंकबीच भएको यस सम्झौताले समग्र नेपालको डिजिटल भुक्तानीको क्षेत्रमा टेवा पुग्ने आशा गरिएको छ।

यस सहकार्यले एभरेष्ट बैंकको मोबाइल बैंकिङ प्रयोगकर्ताले इबिएल टच ट्वान्टीफोर एपमार्फत स्मार्ट क्युआर मर्चेन्टहरूमा भुक्तानी गर्न सक्छन् भने एभरेष्ट बैंकमार्फत विभिन्न व्यापाररव्यवसायमा संलग्न व्यवसायिहरूले स्मार्ट क्युआरको सुविधा लिन सक्ने बताइएको छ। 

सम्बन्धित समाचार