रौतहटमा प्रभु साहलाई सहयोग गरेको भन्दै एमालेले सोध्यो ५ जनालाई स्पष्टीकरण

19.2k Shares

रौतहट, २७ कात्तिक स्वतन्त्र उम्मेदवार प्रभु साहलाई सहयोग गरेको भन्दै नेकपा एमालेले रौतहटका आफ्ना जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको

प्रभु साहको श्रीमती मौलापुर नगरपालिकाकी मेयर रिना साह, उपमेयर नागेन्द्र राय यादव, देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, उपमेयर परनीया देवी पटेल गरूडा नगरपालिकाका मेयर कन्थमनी प्रसाद जयसवाललाई एमालेले स्पष्टीकरण सोधेको हो

पार्टीको विधान विपरीत स्वतन्त्र उम्मेदवार प्रभु साहको चुनावी प्रचारप्रसारमा संलग्न भएको हुनाले २४ घण्टा भित्रमा स्पष्टीकरण बारे जानकारी गराउन नेकपा एमालेको मधेस प्रदेश कमिटीले उनीहरुका नाममा पत्र काटेको । अन्यथा पार्टीको विधान अनुसार कारबाही हुने चेतावनी पनि पत्रमा दिइएको

प्रभु साहले नेकपा एमालेको टिकट लिएर पनि रौतहट मा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका थिए उनलाई सत्तारुढ गठबन्धनका दलले समर्थन गरेका छन्

सम्बन्धित समाचार