ललितपुर २ मा डा. दीपेशको पक्षमा जनलहर

23.6k Shares

ललितपुर क्षेत्र नं २ मा डा. दीपेश केसीको पक्षमा जनलहर देखिएको छ । क्रस खुकुरी चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका केसी घर घरमा पुगेर समस्या बुझिरहेको जानकारी प्राप्त भएको छ । उनी जहाँ पुग्यो त्यहीं आफ्नो चुनावी प्रतिवद्धता प्रस्तुत गरिरहेका छन् । जनताका सामान्य भन्दा सामान्य समस्या उठाएर केसी चुनावी मैदानमा छन् ।

ललितपुर २ को मुख्य समस्या पानीको दीर्घकालीन समस्या समाधानका लागि योजनासहित प्रस्तुत भएका छन् । त्यसबाहेक बेरोजगारी समस्या समाधान, मौलिक घरेलु उद्दोगको संवद्र्धन र प्रवद्र्धन, पर्यटन प्रवद्र्धनलगायतमा उनको जोड देखिन्छ ।

२ दशक पत्रकारिता, प्राध्यापन, रिसर्चलगायतका विषयको अनुभव सँगालेका केसी पदमा नहुँदा पनि विकास निर्माणमा अग्रणी भूमिका निभाउँदै आएका थिए । पदमा नहुँदा पनि काम गरेको व्यक्ति भएकाले उनलाई साथ दिनेहरुको संख्या उल्लेख्य देखिएको छ । अहिले केसीको पक्षमा सामाजिक सञ्जालमा पनि अभियान नै चलेको छ ।

ललितपुरमा जन्मिएर र हुर्किएर भारतको प्रतिष्ठित जवाहरलाल नेहरु विश्वविद्यालयबाट पीएचडी गरेका केसीका ९ वटा पुस्तक, ६ जर्नल कार्टिकल, हजारौं लेख रचना प्रकाशित छन् । उनी ललितपुर २ का सबैभन्दा कान्छा उम्मेदवार पनि हुन् । युवा उम्मेदवार भएकाले पनि केसीप्रति मतदाताको आकर्षण बढेको बुझिएको छ ।

सम्बन्धित समाचार