काठमाडौं, १५ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नेपाल र युएईबीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ ।
कात्तिक २८ देखि २ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएईबीच तीन खेल हुने पक्का भएको छ । नेपाल र यूएईबीच कात्तिक २८, ३० र मंसिर २ गते खेल हुनेछ ।
तर नेपाली राष्ट्रिय क्रिकेट टिम भने अहिले कप्तान विहीन छ । यसअघिका कप्तान सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेपछि क्यानले उनलाई निलम्बन गरेको छ र अदालतमा मुद्दा चलिरहेको छ ।
अनुशासन तोडेको आरोपमा क्यानले तात्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदबाट हटाएर सन्दीपलाई कप्तान बनाएको थियो । तर सन्दीप एक वर्ष पनि कप्तान रहन पाएनन् । त्यसैले अब यूएईविरुद्ध कप्तानी कसले गर्ला भन्ने चासो बढेको छ ।
क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल छनोट समिति र प्रशिक्षकसँग सल्लाह गरेर नयाँ कप्तान नियुक्त गर्ने बताउँछन् । ‘खेल नजिक आइसकेकाले अब कोच र सेलेक्सन कमिटीको सल्लाहमा नयाँ कप्तान चाँडै नियुक्त गरिनेछ,’ उनले भने ।
मल्लले यूएईविरुद्धको शृंखलाको लागि क्यानले २४ खेलाडी छनोट गरेर आन्तरिक प्रशिक्षण सुरु गर्ने बताए । ‘हामीले २४ जना छनोट गरेर आजदेखि नै आन्तरिक रुपमा क्याम्प राख्नेछौं । अहिले प्रधानमन्त्री कपमा आफ्नो खेल नभएका दिन उनीहरु प्रशिक्षणमा सहभागी हुनेछन्,’ मल्लले भने, ‘२४ जनाबाट अन्तिम १४ जना छनोट गरिनेछ ।’
नेपाली टिममा अहिले अन्तर्राष्ट्रियस्तरमा कप्तानी गरिसकेकादेखि उमेर समूहमा कप्तानी गरिसकेका र घरेलु क्रिकेटमा पनि कप्तानी गरिसकेका खेलाडीहरु छन् । उनीहरुबाटै एक जना कप्तान