18.6k
Shares
काठमाडौँ, ६ कात्तिक । सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । लामिछानेलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।
नाबालिगलाई जबर्जस्ती करणी गरेको जाहेरीका आधारमा असोज २० गते पक्राउ परेका उनीमाथि यो चौथो पटक म्याद थपिएको हो ।
पहिलोपटक असोज २४ गते उनलाई अदालतमा म्याद थपका लागि उपस्थित गराइएको थियो। पहिलोपटक ७ दिनको म्याद दिइएकाे थियो। दोस्रोपटक असोज २७ गते उपस्थित गराइएको थियो । असोज २७ गते ५ दिनका लागि म्याद थप गरी अनुसन्धान गर्न अदालतले नेपाल प्रहरीलाई अनुमति दिएको थियो।