प्रचण्डको ‘चिनियाँ कार्ड’ अभिव्यक्ति कूटनीतिक मर्यादाहीन : भीम रावल

13.2k Shares

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले ‘प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कार्ड प्रयोग गरेर चीन भ्रमणमा जान लागेको’ भन्ने पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइ गैरजिम्मवार र कूटनीतिक मर्यादाहीन भएको बताएका छन् ।

आइतबार साँझ सामाजिक सञ्जालमार्फत रावलले देशका प्रधानमन्त्री भइसकेको व्यक्तिले आफ्नो देशको स्वाधीनता र आत्मनिर्णयको अधिकारविरुद्ध विदेशी पत्रिकामा दिएको उक्त अभिव्यक्ति आपत्तिजनक भएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘ प्रचण्डले भारतको एक पत्रिकामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणलाई ‘चिनियाँ कार्ड’ खेलेको भन्दै गलत भन्नुभएछ ।  देशको प्रधानमन्त्री भइसकेको व्यक्ति आफ्नो देशका स्वाधिनता र आत्मनिर्णयको अधिकारका विरुद्ध विदेशी पत्रिकामा दिएको उक्त अभिव्यक्ति आपत्तिजनक छ ।

साथै रावलले प्रधानमन्त्रीले देशका आवश्यता र हितका लागि विदेश भ्रमण गर्नुपर्ने उल्लेख गरेका छन् । उनले देशको हित विपरीत बोल्न लाज पनि नलाग्ने ! पद भने सधै प्रम र अध्यक्ष नै चाहिने रु भन्दै प्रश्न समेत गरेका छन् ।

‘कसैलाई सोधेर वा बक्साएर नेपालका प्रमको विदेश भ्रमण तय हुने होइन । यस्तो यथार्थ विपरीत आफ्नै देशको हितविपरीत बोल्न लाज पनि नलाग्ने ! पद भने सधै प्रम र अध्यक्ष नै चाहिने !’ रावलले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचार