काठमाडौं, ३० असोज । सर्वाेच्च अदालतले नेपाल पत्रकार महासंघका भक्तपुर जिल्ला अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पदबाट हटाउने नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय उत्प्रेषणको आदेशले बदर गरेको छ ।
शाखाको अधिवेशनबाट निर्वाचित प्रजापतिलाई अध्यक्ष पदमा यथावत काम गर्न दिन परमादेश जारी गरी गरेको हो । सर्वोच्च अदालतका न्यायाधिशहरु इश्वरप्रसाद खतिवडा र डा.मनोजकुमार शर्माको संयुक्त इजलाशले अन्तिम फैसला गर्दै महासंघविरुद्ध रिट जारी हुने आदेश गरेको हो । प्रजापतिको तर्फबाट अधिवक्ता लीलानाथ घिमिरे, विष्णु गिरी ‘निश्चल’ र दुर्गाकुमारी कोइरालाले बहश गरेका थिए भने विपक्षीहरू पत्रकार महासंघलगायतका तर्फबाट अधिवक्ता भक्तिराम घिमिरे, अरुण पौडेल र देवराज कार्कीले बहश गरेका थिए ।
नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला सभापति प्रजापतिले पत्रकार महासंघ केन्द्रीय समितिको निर्णय विरुद्ध महासंघ, महासंघका सभापति विपुल पोखरेल, नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखा, भक्तपुर शाखाका उपसभापति सुन्दर सिल्पकारलाई विपक्षी बनाएर सर्बोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
सर्वाेच्च अदालतले पत्रकार महासंघको स्वेच्छाचारितामा अंकुश लगाएको प्रजापतिले बताए । पत्रकार हकहितका लागि स्थापना भएको आफ्नै संस्थाले अन्याय गरेकाले अदालत जानु पर्ने बाद्यता आएको थियो, प्रजापतिले भने, सम्मानित अदालतले न्याय दिएको छ । प्रजापतिको तर्फबाट कानुनी उपचारमा सहयोग गरेका अधिवक्ता लीलानाथ घिमिरेले सवोच्च अदालले प्रजापतिको रिट निवेदनमा नयाँ नजिर स्थापना गरेको बताए । जुनसुकै गैरसरकारी निकायले पनि आफ्नो विधान मिचेर निर्वाचित पदाधिकारीलाई मनलाग्दी हटाउन नपाउने नजिर सबोच्च अदालतले स्थापना गरेको छ, घिमिरेले भने, विधानको ब्याख्या गर्ने अधिकार महासंघ केन्द्रीय समितिलाई दिए पनि महासंघले विधानको आफूखुशी ब्याख्या गर्न नपाउनु भएको छ । यो ठूलो उपलब्धि हो ।
पत्रकारहरुको छाता संगठन