मुलुकमा महिला नेतृत्वको आवश्यकता : पुष्पा भुसाल

17.7k Shares

काठमाडौं, ३० असोज नेपाली कांग्रेसकी नेतृ पुष्पा भुसालले मुलुकमा महिला नेतृत्वको आवश्यकता औंल्याएकी छन्

अहिले दलहरुले महिला नेतृत्वलाई समानुपातिकतिर सीमित गरेका छन् यो नेतृत्वको कमजोरी हो समाजमा बढिरहेका हत्या, हिंसा, बलात्कार आदि विरुद्धको आवाज बुलन्द गर्न महिला नेतृत्व आवश्यक जति महिलाहरु प्रत्यक्षमा उठ्नुभएको , उहाँहरुलाई जिताउँदा मात्र महिलाको अधिकार सुरक्षित हुन्छ सबलीकरण गर्न सकिन्छ सुशासन पनि सम्भव हुन्छ, नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ भुसालले भनिन् संविधानसभामा निर्वाचित भएर आफूले संविधानमा महिला अधिकार लेख्न भूमिका निर्वाह गरेको उनले स्मरण गरिन्

अर्घाखाँचीमा पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार भुसालले आम मतदाता कुनै पनि भ्रम प्रलोभनबाट प्रभावित भए भोलिको पुस्ताका लागि दुर्भाग्य हुने पनि औंल्याइन् उनले भनिन्, यहाँको विकासका योजनाहरु विगत पाँच वर्षमा अलपत्र परे अलमल्याएर राखियो भोलि गठबन्धनको सरकार बन्दै गर्दा त्यसलाई हामी प्राथमिकतामा राख्नेछौं जिल्लामा गठबन्धन अत्यन्त बलियो रहेको उनको दाबी

उनले आफू सांसद बन्न मात्र नभएर जिल्लाका हरेक घरमा विकासको प्रतिफल पुर्याउनका लागि अघि बढेको पनि बताइन् भुसालले थपिन्, जिल्लाका बिरामीलाई बुटवल काठमाडौं धाउनु परिरहेको मेरो अबको कोसिस अर्घाखाँचीमा मेडिकल कलेज स्थापना गर्ने हुन्छ हाम्रा युवा जनशक्तिलाई विदेश जान नपरोस् भनेर प्राविधिक शिक्षालय स्थापना गर्नु शिक्षा, स्वास्थ्य, सडक, कृषि, जडीबुटी, धार्मिक पर्यटकीय क्षेत्रको विकासमा थुप्रै काम छन्

सम्बन्धित समाचार