चुनाव अनुगमनका लागि मानव अधिकार आयाेगद्वारा उच्चस्तरीय टाेली परिचालन

1k Shares

काठमाण्डाै – चुनावको मतदानका दिन अनुगमनका लागि राष्ट्रिय मानव अधिकार आयोगले देशैभर अनुगमन टोली खटाएको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति निकालेर काठमाण्डाै उपत्यका तथा उपत्यकाबाहिरका केही जिल्लाहरूमा अनुगमनका लागि आयोगका अध्यक्ष, सदस्य तथा पूर्वपदाधिकारी सम्मिलित उच्चस्तरीय अनुगमन टोलीसमेत बनाएको उल्लेख छ ।

यसअघि आयोगले विभिन्न जिल्लाहरूमा चुनावअघिको अनुगमन गरी प्राप्त तथ्यका अधारमा नेपाल सरकार, निर्वाचन आयोग, राजनीतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालाहरूलाई ध्यानाकर्षण गराइसकेको थियो ।

सम्बन्धित समाचार