काठमाडौं । नेपाल तेक्वान्दो संघ बागमती प्रदेशलाई बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्य भण्डारीले पूर्वाग्रह राखी वृहत नवौं राष्ट्रिय प्रतियोगिताबाट बन्चित गर्ने कार्य गरेका थिए ।
सो कार्यको विरोधमा नेपाल तेक्वान्दो संघका खेलाडीहरुद्वारा उच्च अदालत पाटनमा अल्पकालिन आदेशका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्लाई विपक्ष बनाई दिइएको अल्पकालिन आदेश सम्बन्धी निवेदनको सुनुवाई असोज २६ गते बुधबार मुख्य न्यायाधिश श्यामजी प्रधानको एकल इजलासले अल्पकालिन अल्पकालिन अन्तरिम आदेश जारी गरेका छन् ।
नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका खेलाडीहरुले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाई खेल्न पाउनुपर्ने भन्दै असोज २५ गते पाटन उच्च अदालतमा उत्प्रेषण सम्बन्धी निवदेन दर्ता गराएका थिए । निवेदनमा अन्तरिम आदेश माग गरे बमोजिम प्रदेश खेलकुद परिषद्ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो खेलको प्रदेश खेलाडी छनौटको लागि २०७९ साल साउन २९ गते सूचना प्रकाशित गरेको र मिति २०७९ साउन ३१ मा राजेश प्रजापतिको संयोजकत्वमा अशोक खड्का र अमृत तामाङ सदस्य रहेको तीन सदस्य प्राविधिक उपसमिति गठन गरी काम कर्तव्य र अधिकार समेत तोकि गरेको निर्णय अनुसार सो उपसमितिले २०७९ साल भदौ २० र २१ गते छनौट प्रतियोगिता आयोजना गरी सो प्रतियोगिताबाट खेलाडीहरुको छनौट गरी भदौ २१ नाम सार्वजनिक गरी नेपाल तेक्वान्दो संघ बागमती प्रदेशमा प्रतिवेदन पेश गरेको थियो ।
नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले भदौ २३ गते बागमती खेलकुद परिषद्मा नवौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय छनौट भएका खेलाडीहरुको नामावली पठाएको थियो ।
सो सम्बन्धमा उच्च अदालत पाटनद्वारा २०७९ भदौ असोज ९ र असोज १० गते प्रकाशित सूचनाको आधारमा प्रदेश खेलकुद परिषद् बागमतीबाट तेक्वान्दो खेलका लागि २०७९ असोज १२ र १३ गते खेलाडी छनौट सम्बन्धमा भए गरेका निर्णय, काम कारबाहीहरु कार्यान्वयन नगर्नु र नगराउनु भनी उच्च अदालत पाटनद्वारा नियमावली २०७३ को नियम ४२ बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको छ । सो आदेशको जानकारी बागमती प्रदेश खेलकुद विकास परिषद्, बागमती खेलकुद युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, संघीय युवा तथा खेलकुद मन्त्रालयलाई विपक्षी बनाई अल्पकालिन अन्तरिम आदेश जारी गरिदिएको छ ।
अदालतको आदेशलाई छनौट भएका खेलाडीहरुले सम्मानित उच्च अदालतबाट आफूहरुले न्याय पाई वृहत नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता हुन पाउनेमा आशावादी रहेका छन् । सम्मानित उच्च अदालतले असोज २८ गते शुक्रबार सो निवेदनउपर छनौट भएका खेलाडीहरुले प्रतियोगितामा सहभागिता गराउनेमा ढुक्का रहेको नेपालको गहनाका रुपमा रहेका खेलाडीहरुले बताएका छन् ।

सो सम्बन्धमा नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीसँग जानकारी लिँदो उहाँले भन्नुभयो, ‘हामीले बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारीसँग समन्वय गर्दैै अगाडि बढेका थियौं, सोही अनुसार उहाँसँग भएका सहमतिका आधारमा प्रदेशभित्र रहेका सबै जिल्लाबाट खेलाडी छनौट गरी ल्याउन नसक्ने अवस्थालाई ध्यानमा राखेर मापदण्ड पूरा गरेका खेलाडीहरुलाई काठमाडौं मै झिकाएर प्रधिस्पर्धा गराई छनौट गर्ने सहमति भएअनुसार बागमती प्रदेश परिषद्को पत्रका आधारमा भदौ २० र २१ गते छनौट प्रतियोगिता नेपाल तेक्वान्दो संघको भवनमा गरिएको थियो ।’
यी सबै झनौट प्रक्रिया गरी छनौट भएका खेलाडीहरुको नामावली बागमती प्रदेश खेलकुद विकास परिषद्, युवा तथा खेलकुद मन्त्रालय बागमती प्रदेश, राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वर र संघीय युवा तथा खुलकुद मन्त्रालयमा पठाइएको थियो ।
तर, एकाएक बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव सूर्य भण्डारीद्वारा पार्टीगत स्वार्थ राखी राष्ट्रिय तेक्वान्दोका खेलाडीहरुलाई सहभागिता गराउने उद्देश्यका साथ प्रदेशस्तरीय छनौट भइसकेका खेलाडीहरुलाई प्रतियोगितामा सहभागिता नगराउने षड्यन्त्र गरी उनीहरुको भविष्यप्रति नै खेलवाड गर्ने कार्य गरेको छनौट भएका खेलाडीहरुले गुनासो पोखेका छन् ।

