राप्ती विज्ञान प्रतिष्ठानको विकासमा सबैले पहल गर्नुपर्छ : कोइराला

14.4k Shares

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शशाङ्क कोइरालाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विकासमा सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

आज अस्पतालको अवलोकन गर्र्दै डा.कोइरालाले अस्पतालको सेवा बिस्तार गरेर स्थानीयको स्वास्थ्यमा थप सेवा पुर्याउनुपर्ने बताएका हुन् । उनले प्रतिष्ठानको अस्पताल सेवासहित भौतिक पूर्वाधार विकासमा पूर्ण रूपमा आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता समेत जनाए। कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, कृष्णकिशोर घिमिरे, कांग्रेस  दाङ जिल्ला सभापति शङ्करप्रसाद डाँगी लगायतले अस्पतालको अवलोकन गरेका थिए । 

अस्पतालको सेवासहित भौतिक पूर्वाधारको विस्तारका बारेमा प्रतिष्ठानका उपकुलपति डा.विकास लामिछानेले जानकारी गराएका थिए। 
सम्बन्धित समाचार