नारायणगढ–बुटवल सडकमा १८ प्रतिशत मात्रै काम, ठेक्का रद्द गर्ने चेतावनी

19.4k Shares

नवलपुर, १० असोज पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढबुटवल सडकखण्ड विस्तारमा ढिलाइ भएको जनाउँदै सरकारले ठेक्का रद्द गर्नसक्ने चेतावनी दिएको

आइतबार सडक विभागको दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग सडक सुधार परियोजनाले सार्वजनिक सूचना जारी गर्दै निर्माण कम्पनीको कार्यशैलीमा परिवर्तन नआए ठेक्का सम्झौता भङ्ग गर्ने जनाएको हो नारायणगढबाट बुटवलसम्मको जम्मा ११४ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो

ग्लोबल बोलपत्र प्रक्रियामार्फत सबैभन्दा न्यून दररेटमा बोलपत्र हालेर चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले दुवै खण्डको निर्माणको ठेक्का हात पारेको थियो निर्माण कम्पनीले ठेक्का पाएदेखि नै सडक विस्तारको काममा ढिलासुस्ती गर्दै आइरहेको गुनासा आइरहेका थिए

गत साउन २२ गते काम सकिसक्नुपर्ने समयमा जम्मा १८ प्रतिशत मात्रै काम भएको कामको गति ज्यादै सुस्त भएको जनाउँदै सडक विभागले निर्माण कम्पनीलाई कार्यशैली सुधार गर्न चेतावनी दिएको हो एक महिनाभित्र निर्माण कम्पनीले कार्यशैली सुधार गर्दै सडक विस्तारको काममा चित्तबुझ्नो प्रगति नगरेको अवस्थामा ठेक्का रद्द गर्ने विभागले सूचनामार्फत जनाएको सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले नारायणगढ बुटवल सडक विस्तार अयोजना परामर्शदाताले दिएका निर्देशन पालना नगरेको विभागको आरोप

बुटवलबाट नारायणगढसम्मको सडकमा सडकका विभिन्न खण्ड यात्रा गर्नै नमिल्ने गरी क्षतिग्रस्त हुँदासमेत मर्मत नगरिएको विभागको भनाइ ठेकेदारको लापरवाहीले सवारीसाधन सर्वसाधारणले यात्रा गर्दा असहजता, प्रदूषण स्वास्थ्यसम्बन्धी समस्या भोग्नुपर्ने अवस्था आएको विभागले सूचनामा जनाएको सडकको अवस्था बिग्रिएका कारण सडक वरिपरिका बासिन्दालाई असुविधा, स्थानीयको स्वास्थ्य समस्या, सडक प्रयोगकर्ताको दुर्घटना सार्वजनिक सुरक्षामा समेत

सम्बन्धित समाचार