भारतीय सेनाध्यक्ष पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आज काठमाडौं आउँदै

19.4k Shares

काठमाडौं, १९  भदौ भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आज काठमाडौं आउँदै आउँदैछन् प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा उनी यहाँ आउन लागेका हुन्

राष्ट्रपति विद्यादेवी भण्डारीले सेनाध्यक्ष पाण्डेलाई नेपाल भ्रमणकै क्रममा नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिह्न प्रदान गर्ने कार्यक्रम त्यस अवसरमा सेनाध्यक्षलाई खड्ग प्रमाणपत्र पनि प्रदान गरिनेछ

नेपाल भारतबीच सन् १९५१ देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने प्रचलन रहिआएको अघिल्लो वर्ष प्रधानसेनापति शर्माले भारतीय सेनाको मानार्थ महारथी पाएका थिए भने सन् २०२० मा भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नरवाणेलाई नेपाली सेनाको मानार्थ महारथी प्रदान गरिएको थियो

हालसम्म भारतका २१ नेपाली सेनाका १७ जना सेनापतिले यस्तो सम्मान प्राप्त गरिसकेका छन् सेनाध्यक्ष पाण्डेको भ्रमणका क्रममा करिब २२ करोड ३८ लाख ३८ हजार मूल्य बराबरको तोप मर्मतसम्भारका पार्टपुर्जा, घोडा, सिमुलेटर, विस्फोटक पदार्थ प्रतिरोध सवारी साधन घुम्ती अस्पतालका लागि आवश्यक उपकरणको सहयोग उपलब्ध गराउने भएको

सम्बन्धित समाचार