वीरगंज, १७ भदौ । वीरगंज भन्सारवाट सशस्त्र प्रहरीको मिलोमतोमा व्यापक रुपमा लत्ताकपडा, जुत्ता चप्पल, हाडयेवर लगायतको तस्करी व्यापक रुपमा शुरु भईरहेको छ । नेपालको मुख्य नाका भनेको वीरगंज भन्सार हो । वीरगंज भन्सारको मुख्य सिमामा सशस्त्र प्रहरीको डिउटी हुन्छ । मुख्य नाकाको रुपमा रहेको वीरगंज भन्सार आफैमा संवेदनशील क्षेत्र हो ।
मुख्य नाकाको जिम्मा सशस्त्र प्रहरीको हो । सशस्त्र प्रहरीले तस्करहरु सित आर्थिक प्रलोभनमा परी तस्करहरुलाई व्यापक रुपमा तस्करीको लाईन खुलेको छ । निरीक्षक भट्टले लाइन दिएर तस्करी गर्नेहरूमा फैयाज, भोला र मुन्ना प्रमुख रहेका छन् । सशस्त्र प्रहरीको मिलोमतोमा वीरगंज भन्सारको अगाडीवाट नै टेम्पु, मोटरसाइकल र साईकलमा तस्करहरु लत्ताकपडा, हाडयेवर, जुत्ता चप्पल, माछा र हण्डी कारोबार लगायतको सामानहरुको भारतवाट नेपालतर्फ दिनहु लाखौं रुपैयाको राजश्व छलि गरि भित्राईरहेका छन् । सशस्त्र प्रहरीका मधेश प्रदेश प्रमुख ठाडा मगर र सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेलले सिमानाकामा रहेका बिओपीहरुलाई तस्करीमा कडाई गर्ने पटक—पटक निर्देशन दिँदै आएपनि सशस्त्र प्रहरी निरीक्षक रबिन्द्र भट्टले आफ्नो हाकिमको निर्देशन विपरित मोटो रकमको नजरना बुझि व्यापक रुपमा तस्करीको लाइन दिएका छन् । भन्सारको गेट अगाडि डिउटीमा रहेका सशस्त्र प्रहरीले सर्वसाधारण व्यक्ति तथा ग्रामीण क्षेत्रका व्यापारीहरु रक्सौलवाट आप्mनो घरायासी प्रयोजन र