नवलपरासी । पश्चिम नवलपरासीसहित अन्य जिल्लाका स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै जान थालेको छ । स्थानीय तहमा आउने हाकिमदेखि जनप्रतिनिधिकै मिलेमतोमा सेवाग्राहीलाई दुःख दिएर रकम असूल्ने काम भईरहेको गुनासो बढ्दै जान थालेको छ । सरावल गाउँपालिकामा काम गर्दा कर्मचारीहरु निकै समस्या पार्ने गरेको जन गुनासो बढेको छ । सुरुमा योजना शाखामै २÷३ महिनासम्म फाइल झुन्डिन्छ । त्यसपछि बार्गेनिङ सुरु दामको अधारमा काम हुने गरेको सेवाग्राहीहरु गुनासो ब्यक्त गरेका छन् । योजनाशाखा र इन्जिनियर लगायत अनुगमको फाँट निकै जिउहजुरी गर्दा काम गर्ने प्रबृत्ति रहेको सेवाग्राही बताउँछन् । गुनासो मात्र कहा होर त्यहिका कर्मचारी सन्दिप चौधरीले योजना शाखा प्रमुख राजन बस्याल र इन्जिनियर मदन पाण्डेको नाममा पैसा पठाएको प्रमाण फेसबुकमा अप्लोड गर्छन् केही छिनमा निकै दबावको कारण डिलेट हुन्छ । यो त पैसा पठाएको प्रमाण छ कतिपयले त बार्गेनिङ गरेको अवाज र पैसा लिएको भिडियो समेत राखेका छन् । तर बाहिर सार्बजनिक गर्न डराउछन् । पाण्डेय र बस्याल मात्र नभएर इन्जिनियर भोज बहादुर चौधरीको पनि निकै आलोचना भइरहेको छ । चौधरी घुसको अधारमा काम गर्ने र उनले मागेजतिको रकम दिन नमान्दा मुल्यांकन घटाइदिने जस्ता जनगुनासो बढेको छ ।
यस्तै विभिन्न शाखामा चरम लापरबाहीसहित कमाउने भाँडो बनाएको नाम नलेख्ने सर्तमा प्रमाण सहित अभिब्यक्ति दिइएका छन् । त्यस्तै आयुर्वेद शाखा प्रमुख सन्तोष कुमार कहारको पनि जनगुनासो बढेको छ । आयुर्वेद तलब खाने भाडो मात्र बनेको स्थानीय बताउँछन् । त्यस्तै रोजगारशाखा प्रमुख नेत्र भण्डारीको पनि उत्तिकै जनगुनासो रहेको छ । रोजगारी र शिपमुलक तालिममा सरावलमा नाम मात्रको रहेको स्थानीय बताउँछन् । भण्डारीले कर्मचारी भन्दा नेता पाराको रहेको सेवाग्राहीले गुनासो गरेका छन् । यस्ता कर्मचारीहरुको लापरबाही र ढिलाइको कारण सेवाग्राही सरकारी कार्यालय जान अप्ठ्यारो महसुस गर्छन् । कर्मचारीहरु पैसा बचाउने चक्करमा नाम मात्रको कार्यक्रम आफै गर्ने गरेको पनि गुनासो र चर्चाको पात्र बनेको छ । जनगुनासोको सम्बन्धमा हाम्रा प्रतिनिधिले जिज्ञासा राख्न खोज्दा सुचना अधिकारी रिना कुर्मी सम्पर्कमा आइनन् भने प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीले आरोप अस्विकार गरे ।