प्लस टु विद्यार्थीहरुले कन्सल्टेन्सी छनौट गर्दा ध्यान दिनुपर्ने कुराहरु : सनम कुमार महर्जन

21.4k Shares

ललितपुर/कुनैपनि बजार र व्यवसायीहरुलाई ग्राहकको चाहनाले डोर्याउने गर्दछ । यस कुरामा कुनै पनि दुईमत छैन । यस्तैमा कन्सल्टेन्सी व्यवसाय पनि यसबाट अछुतो छैन । भव्यरुपमा सजाइएको कन्सल्टेन्सी विद्यार्थीहरुको पहिलो रोजाईमा परिरहेको आजको परिस्थितिमा हामीले बुझ्नुपर्ने कुरा भनेको विद्यार्थीहरुले विश्वास गरेको कन्सल्टेन्सी परामर्शदाताको योग्यता र अनुभवमानै निहित हुने गर्दछ ।
विद्यार्थीहरु जो विदेशमा पढ्न चाहन्छन् तपाईलाई सल्लाह र परामर्श दिने व्यक्तिको विदेशी पढाइको अनुभव कस्तो छ त ? यहाँ प्रायजसो परामर्शदाताहरु वेभसाइटमा दिइएको जानकारीका आधारमा विद्यार्थीहरुलाई परामर्श दिई राखेका देखिन्छन् । त्योपनि २–३ दिन बुझेर हेरेर आएको भरमा । तसर्थ यो व्यवसायलाई स्तरीय बनाउनमा यी कुराहरुको ख्याल अनिवार्य रुपमा ध्यान राख्न जरुरी देखिन्छ ।
यो क्षेत्रलाई अनुगमन गर्ने सरकारी निकायको बारेमा भन्नुपर्दा अनुभव र योग्यताभन्दा पनि धरौटी बुझाउन सक्नेलेमात्र कन्सल्टेन्सी खोल्न पाउने भन्ने कुरा थियो । हुनत यो खारेज गर्नुपर्छ भन्ने माग व्यापक रुपले दबाब आएपछि सो निर्णय तत्काललाई खारेज गरियो जुन स्वागतयोग्य छ ।
अन्तमा हामीले बुझ्नुपर्ने कुरा कुनैपनि क्षेत्रमा सुधारका लागि एक पक्षको मात्र पहलले हुँदैन । यसका लागि सेवाग्राही, सेवाप्रदायक र सरकारी निकायको सही सोच साथै समन्वयबाट मात्र सकारात्मक परिवर्तनको अपेक्षा राख्न सकिने कुरामा हामी विश्वस्त छौँ ।

सनम कुमार महर्जन (प्रबन्ध निर्देशक), Seaford Eucational Consultancy

-त्रि.वि. बाट स्नातक र स्नातकोत्तर व्यस्थापन संकायबाट

-Post Graduate- 2 years from UK

-IELTS Master Class Training From BC

-PTE Academic Teacher's Training

- १० बर्ष भन्दा बढी IELTS/PTE Classes संचालन अनुभव

- करीब १५ बर्षकाे अनुभव कन्सल्टेन्सी क्षेत्रमा

Seaford Eucational Consultancy Pvt. Ltd (Estd. 2014)

Services : IELTS/PTE/TOEFL Classes

Abroad Study : CANADA/UK/DENMARK/AUSTRALIA/MALTA

 

सम्बन्धित समाचार