एकै दिन ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १,९८२ पुगे

16.5k Shares

काठमाडौं, ३ श्रावण । नेपालमा पछिल्लो २४ घण्टामा ३५७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । ३,३२८ वटा नमुना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १,९८२ पुगेको छ । आज ३६ हजार ३४८ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार