ल्लितपुर । गोदावरी नगरपालिका वडा नं. १० टाहाखेल टोल सुधार समितिले शनिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको ।
सो टोल सुधार समितिद्वारा आयोजित रक्तदान कार्यक्रममा गोदावरी नगरपालिकालगायत ललितपुर जिल्लाका विभिन्न स्थानका व्यक्तिहरुले रक्तदान गरेका थिए । 
उक्त रक्तदान कार्यक्रममा पुरुष ६६ जना महिला १२ जनागरी ७८ जनाले रक्तदान गरेका थिए । टाहाखेल टोल सुधार समितिका अध्यक्ष दिल कुमार शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त टोल सुधार समितिले गरिब असाहाय निमुखा बिपन्न परिवारलाई ३ दिनसम्म २ परिवारलाई राहत बितरण गरेको थियो । पछि यस्ता पुण्य र परोपकारी कार्यलाई समेत राजनीतिक गन्ध दिई जनप्रतिनिधिको दबाबमा प्रशासनले रोकेको थियो । टाहाखेल टोल सुधार समितिले गोदावरी नगरपालिका वडा नम्बर १० मा यसअघि पनि विभिन्न समाजिक कार्य गर्दै आई रहेको छ ।