ए डिभिजन लिगमा आज तीन खेल हुँदै

18k Shares

काठमाडौं, ५ जेठ ।  सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुदैँछ । जसअनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दुईवटा र एन्फा कम्प्लेक्स, सातदोबाटोमा एक खेल हुँदैछ । रङ्गशालामा हुने पहिलो खेलमा खुमलटार र त्रिभुवन आर्मी क्लब एक आपसमा भिड्नेछन् । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुन्छ । 

यसैगरी दोस्रो खेलमा चर्च ब्वाईज र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल साँझ ६ बजेबाट सुरु हुनेछ ।  यता, एन्फा कम्प्लेक्स सातदोवाटोमा दिउँसो ३ बजेबाट सुरु हुने भनिएको एक मात्र खेलमा भने हिमालय शेर्पा र एपिएफ फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । 

सम्बन्धित समाचार