भक्तपुर । चाँगुनारायण नगरपालिका भक्तपुरले १ अर्ब ८२ करोड २३ लाख ६१ हजार रूपैयाँको बजेट बिनियोजन गरेको छ । नगरपालिकाको ११ औ नगर सभाले सो रकम बराबरको कार्यक्रमसहित बजेट बिनियोजन गरेको हो ।
विनियोजित बजेटमध्ये नगर कार्यपालिकाको भवनका लागि २० करोड, मेयर उद्यमशिलता विकासको लागि १ करोड ६२ लाख, सडक तथा यातायातको दिगो ब्यबस्थापनको लागि २२ करोड ४५ लाख, खानेपानीको लागि ६ करोड ८० लाख, शिक्षाको लागि ४ करोड ८६ लाख २० हजार, उद्यमशिलता कार्यक्रममा लागि ५० लाख, ज्येष्ठ नागरिकका लागि ५५ लाख, बालमैत्री स्थानीय शासनका लागि १ करोड १० लाख १५ हजार विनियोजन गरिएको छ ।
चागुनारायण नगरपालिकाले मेट्रिक सिस्टम हाउस नम्बरिङका लागि ७७ लाख ५५ हजार, वन तथा वातावरणका लागि १ करोड ७३ लाख, सार्वजनिक निजी र सहकारीको साझा नीतिका लागि २१ लाख, रोजगार प्रबद्र्धन गरी कृषि पेसालाई सम्मानजनक बनाउनका लागि ९९ लाख १० हजार विपद ब्यबस्थापनका लागि १ करोड ५० लाख विनियोजन गरिएको नगर प्रमुख जीवन खत्रीले खोजतलासलाई जानकारी गराएका छन् ।