देउसीको दक्षिणाबाट शान्ति टोलमा सीसी क्यामरा जडान

9.4k Shares

झापा– झापाको शान्ति टोल विकास संस्थाले देउसीभैलीमा सङ्कलन भएको एक लाख ५० हजार दक्षिणाबाट शान्ति टोलमा १५ वटा सीसी क्यामेरा जडान गरेका छन् ।

टोल विकास संस्थाले अध्यक्ष नीरज विष्टका अनुसार संस्थाले बर्सेनि देउसीभैली खेलेर टोलका ६७ घरपरिवारबीच सामाजिक एकता एवं सद्भावका साथ आपराधिक घटना नियन्त्रणका निम्ति टोलमा विविध गतिविधि सञ्चालन गर्दै आएको बताए ।

२०६३ सालमा स्थापना भएको उक्त संस्थाले भैपरी सामाजिक कामका लागि एक लाखको टोल सुधार कोष स्थापना गरिएको शुक्रबार क्यामरा जडान गरेपछि अध्यक्ष विष्टले बताए ।

सम्बन्धित समाचार