प्रहरीकै मिलोमतोमा तस्करी

15.2k Shares

बिरगंज । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै मिलोमतोमा बिरगंजको सिमानाकामा ठुलो तस्करीको लाईन चलेको खबर छ । सशस्त्र प्रहरी मधेस प्रदेशका डिआईजी गणेश ठाडा मगर र नेपाल प्रहरीका डिआईजी मसाउद आलम खाँकै निर्देशनमा इनर्वा मुख्य भन्सार नाका ,इनर्वागाउँ र छपकैया लगायतका सीमा क्षेत्रमा तस्करी खुला गरिएको प्रहरी स्रोतले जनाएको छ । दुबै सुरक्षा निकाय नै भन्सार छलि गराउन लिप्त हुन्छ भन्ने सुन्दा पत्यार नलाग्ला तर, वास्तविकता यहि छ । मुख्य भन्सार नाकाबाट नामुद तस्कर मुख्तार र बिशालले  टेम्पु र ई-रिक्साको माध्यमले कपडाको तस्करी गर्न छुट पाएका छन भने इनर्वागाउँ नाकाबाट अनिल साहको समुहले मोटरसाईकलबाट कपडाको तस्करी गरिरहेका छन ।

यस्तै छपकैया नाकाबाट विवेक, रन्जित , बबन , हरेन्द्रले टेम्पु र ई-रिक्साको माध्यमले कपडाको तस्करी गरिरहेका छन । यस्तै निरु भाइ भनिने निरज साह माछाको काम गरिरहेका छन भने ईमरान र तमानाको कबाड र हड्डीको ठुलो तस्करी चलेको छ । राती ११ बजे देखी बिहान ४-५ बजे सम्म तस्करी गर्न छुट पाएका छन ।

भन्सार बिओपी बिरगंज, इनर्वा चौकी, इनर्वागाउँ चौकी, शिक्षा अफिस बिओपी,  छपकैया चौकी, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक बिशाल मल्ल र जिल्ला देखी प्रदेशका दुबै डिआईजीले प्रत्येक व्यापारीमार्फत भन्सार छलि गराए वापत मासिक लाखौं लाख रकम दर नै तोकेर लिने गरेको स्रोतको दाबी गरेको छ ।प्रहरीले प्रत्येक व्यापारीमार्फत भन्सार छलि गराए वापत मासिक लाखौं पैसा लिने उक्त व्यापारीहरुका सामानलाई स्कटिङ्ग गर्दै नाका भित्र्याउने गरेको एक जना स्थानीयले नाम नखुलाउने सर्तमा बताए ।


सम्बन्धित समाचार