17.4k
Shares
काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–२ क्रिकेटअन्तर्गतको शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दै छ । खेल मोसो क्रिकेट मैदानमा नेपाली समयानुसार राति ९ः१५ बजे सुरु हुनेछ ।
नेपाल १२ खेलबाट १२ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा छ । ओमान ३२ खेलबाट ४० अंक जोड्दै पहिलो स्थानमा छ । तीन देश सम्मिलित शृंखलामा अमेरिका, नेपाल र ओमान छन् ।
नेपालले शृंखलाको दोस्रो खेलअन्तर्गत जुन ११ मा अमेरिकासँग खेल्नेछ । ओमानविरुद्ध जुन १४ र अमेरिकाविरुद्ध जुन १५ मा अर्को खेल खेल्नेछ ।