खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

4.9k Shares

नवलपरासी पश्चिम- आफ्नै श्रीमती ५५ वर्षीया भिमकला थापाको हत्या गरेको अभियोगमा सुनवल नगरपालिका-१३ घ्युडल्ला बस्ने ६२ वर्षीय खड्का बहादुर थापालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

खड्काले खुर्पा प्रहार गर्दा भिमकला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट भुमही र इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

खुर्पा प्रहारबाट गम्भीर घाइते भएकी भिमकलाको लुम्बिनी सिटि अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार