ललितपुर । नेपाली कांग्रेस ललितपुर जिल्ला कार्य समितिले स्थानीय तह २०७९ मा नेपाली कांग्रेस तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना तथा धन्यवाद दिनुका साथै धन्यवाद ज्ञापनपत्र वितरणम गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित सेल्सवेरीको पार्टी प्यालेसमा आयोजित सो कार्यक्रममा नेपाली कांग्रेको तर्फबाट १७२ जना निर्वाचित महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, उमपेयर मुना अधिकारी, महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जन, बागमती गाउँपालिकाका अध्यक्ष बिरबहादुर लोप्चन, महांकाल गाउँपालिका अध्यक्ष गणेश केसी कोञ्ज्योसोम गाउँपालिकाका उपाध्यक्ष राजन घिमिरे, वडा अध्यक्षहरु र सदस्यहरुलाई धन्यवाद तथा शुकामनासहित प्रमाणपत्र दिएको थियो ।

सो धन्यवाद तथा शुभकामना कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले निर्वाचित जनप्रतिनिधिहरुलाई जनताको सेवक भई कार्य गर्न निर्देशनसमेत दिएका थिए ।

नेपाली कांग्रेस ललितपुर जिल्लाका पार्टी सभापति जितेन्द्र कुमार श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य तथा पूर्व मन्त्री अम्विका बस्नेत, केन्द्रीय सदस्यहरु उदयशम्शेर राणा, जितजंग बस्नेत, उर्मिला केसी, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन, बागमती प्रदेश सहसचिव ऋषिराम घिमिरेलगायतका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।