चापागाउँमा संचालित ‘फुड बैंक’ले निरन्तरता पायो

18.4k Shares

ललितपुर । सरकारले गरेको निषेधाज्ञाका कारण दैनिक ज्यलादारी गरी जिविकोपार्जन तल्लो वर्गका जनतालाई लक्षित गरी चापागाउँमा संचालित ‘फुड बैंक’ले निरन्तरता पाएको छ ।
केही दिन अगाडि चापागाउँको बज्रबाराही प्रांगणमा ललितपुर तरुण दल क्षेत्र नं. १ द्वारा संचालित ‘फुड बैंक’ कार्यक्रमलाई राजनीतिक प्रतिसोध साँधी बन्द गराएको ‘हुनेले दिएर जाउ, नहुनेले लिएर जाउ’ नाराका साथ संचालित सो ‘फुड बैंक’ कार्यक्रम भदौ २५ गते बिहीबारदेखि फेरि संचालनमा आएको छ ।
सो फुड बैंक संचालनका लागि विदेशमा रहेका नेपाली, स्वदेशी परोपकारी हातहरुबाट सहयोग उपलब्ध भई संचालन हुँदै आइरहेको छ । सोही क्रममा आज शुक्रबार नेपाली कांग्रेस केन्द्रीय सदस्य, तरुण विभाग प्रमुख तथा पूर्व मन्त्री शंकर भण्डारीले दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने, अपांग, असहाय तथा निम्न वर्गका गर्भवती, एकल महिला र मृगौला पीडितलाई नगद तथा राहत वितरण गरेका थिए ।
यो ‘फुड बैंक’ कार्यक्रम दाताहरुको सहयोग र परिस्थिति सहज नहुन्जेल निरन्तर संचालनमा ल्याउने तरुण दल क्षेत्र नं. १ सचिव तथा कार्यक्रमका संयोजक अनिल श्रेष्ठले बताए । 

सम्बन्धित समाचार