विश्व । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट एक कार्गो जहाज चिप्लिएर समुद्रमा खस्दा दुई जनाको ज्यान गएको छ । इमिरेट्सको उडान ईके ९७८८ को बोइङ गएराति हङकङमा अवतरण हुँदै थियो । तर अवतरणका क्रममा जहाजले धावनमार्गको दक्षिणमा रहेको एउटा गाडीलाई ठक्कर दिएको थियो ।
त्यस क्रममा दुईजना ‘ग्राउन्ड स्टाफ’ समुद्रमा खसेका थिए । उनीहरूको दुर्घटनास्थलबाट उद्धार गरिएको भएपनि अस्पतालमा ज्यान गएको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । जहाजमा चालक दलका चार सदस्य थिए । उनीहरू जीवितै रहेको र अस्पताल लगिएको खबरमा उल्लेख छ ।
जहाज दुई टुक्रा भएको र एउटा भाग पानीमा तैरिरहेको अवस्थामा भेटिएको छ । विमानस्थलमा आज कम्तिमा ११ वटा कार्गो जहाज अवतरण गर्ने तालिका रहेकामा सबै रद्द गरिएका विमानस्थलको वेबसाइटमा उल्लेख छ ।