ललितपुर । गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीले अत्यधिक बहुमतले विजयी भई कमब्याक गरेका छन् ।
गोदावरी नगरपालिकामा मेयर र उपमेयरसहित १४ वडा मध्ये १, २, ४, ५, ६, ७, ९, १०, ११, १२ र १४ वडामा नेपाली कांग्रेसका वडाअध्यक्षले विजयी गरेका छन् भने वडा नं. ३ र ८ माओवादी र वडा नं. १३ मा एमालेको वडाअध्यक्ष विजयी भएका छन् ।
मेयर र उपमेयरमा पुनः विजयी भएका गजेन्द्र महर्जन र मुना अधिकारी नेपाली कांग्रेस गोदावरी नगरपालिकाको जनताको दिनदुःखीमा सदैव साथ सहयोग र नगरपालिकामा काम विशेषले आएका सेवाग्राहीहरुको सेवामा सदैव समर्पित विकास निर्माया कार्यमा त्यतिकै लागेका कारणले पनि दुबै जनाले सोचेको भन्दा बढी मत ल्याई विजयी भएको स्थानीयले बताएका छन् ।
नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराउन पार्टीले प्रभावशाली नेता मीनकृष्ण महर्जनलाई कमाण्डर तोकेको थियो ।
गोदावरी नगरपालिकामा कांग्रेसका उम्मेदवारलाई जिताउन पार्टीले युवा नेता मीन कृष्ण महर्जनलाई कमाण्डर तोकेको थियो । सोही अनुरुप कमाण्डरका जिम्मेवारी पाएका महर्जनले दिनरात नभनी कांग्रेसी उम्मेदवारहरुलाई जिताउन अहोरात्र खटेका कारण एमालेलाई पत्तासाफ पारी गोदावरी नगरपालिका कांग्रेसमय बनाउन सफल भएको हो ।
दिनदुःखी, निमुखा, असहायहरुको सारथीको रुपमा परिचित नेका प्रभावशाली नेता महर्जनको गोदावरी नगरपालिकामा प्रभाव पार्ने नेताको रुपमा परिचित छन् । गएको २०७४ सालको स्थानीय निर्वाचनमा पनि महर्जनको अग्रसरताले मेयर, उपमेयरलगायत थुप्रै वडाहरुमा कांग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।