हरिबोधनी एकादशीमा तोरणले सिंगारियो पशुपतिनाथ

21.1k Shares

काठमाडौं, १८ कात्तिक हरिबोधनी एकादशीको दिन पशुपतिनाथ भक्तजनले विशेष पूजा गरेका छन् उनीहरुले बागमती नदी वारिपारि तोरण टाँगेर पूजा गरेका छन् भक्तजनले बागमती नदी पशुपति मन्दिर क्षेत्रलाई केन्द्रित गरेर तोरण टाँगेर पशुपति क्षेत्रलाई सिँगारेका हुन्। कार्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ आषाढ शुक्ल एकादशीका दिन क्षीरसागरमा शयन गर्ने भगवान् विष्णु यसै दिन जागा हुने शास्त्रीय मान्यता

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन् हरिबोधनी एकादशीका दिन तुलसीलाई विष्णुसँग विवाह गरी विशेषरुपमा मनाउने गरिन्छ

वैदिक पात्रोमा उल्लेख गरिने १६ तिथिमध्ये एकादशीलाई महत्वपूर्ण तिथिका रुपमा मनाइन्छ हरिबोधनी एकादशीलाई ठूलो एकादशी पनि भनिन्छ यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल फलफूल खाने गर्छन् चतुर्मासभर पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशीदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म वैदिक यज्ञ गरी समापन गरिन्छ

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूर्णिमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन्। कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह विशेष पूजा गरी मनाइने दिनलाई हरिबोधिनी एकादशी भनिन्छ।

सम्बन्धित समाचार