एमालेले विष्णु पाैडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

1.4k Shares

काठमाण्डाै – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पाैडेललाई सरकारले गैरन्यायिक ढङ्गले पक्राउ परेकाे भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने बताएकाे छ ।

पार्टी मुख्यालय च्यासलमा आज बसेको संसदीय दलको बैठकले सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको निष्कर्ष निकालेकाे प्रमुख सचेतक ऐनबहादुर महरले बताउनुभयाे । सरकारले संविधान, लोकतन्त्र र राष्ट्रिय हितविरुद्ध काम गरिरहेको उहाँकाे आरोप छ ।

उहाँले भन्नुभयो, ‘सरकार तानाशाही र स्वेच्छाचारी बाटोमा हिँडिरहेको छ । सरकार अधिनायकवादी बाटोमा हिँडिरहेको छ । सरकार विधिको शासन र कानूनी राज्यको बर्खिलाप रहेको छ । सरकार संविधान, लोकतन्त्र र राष्ट्रकै विरुद्धमा रहेको छ ।’

सरकारको कार्यशैलीले विधिको शासन कमजोर बनाएको तथा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासमेत प्रभावित भएको प्रमुख सचेतक महरकाे दाबी छ ।

सम्बन्धित समाचार