एकै परिवारका ११ जनामा कोरोना संक्रमण

18.5k Shares

झापा । झापामा एकै परिवारका ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कन्काई नगरपालिका वडा नम्बर ३ को एक परिवारका १४ वर्षीय बालकदेखि ८४ वर्षीया वृद्धासम्मलाई कोरोना संक्रमण भएको हो । कोरोना संक्रमित मध्येका एक नगरपालिकाकै कर्मचारी रहेको नगरपालिकाले बताएको छ ।
कर्मचारीमा संक्रमण देखिएपछि परिवार सदस्यमा पनि कोरोना परीक्षण गर्दा पोजेटिभ रिर्पोट आएको हो । सबैलाई होम आइसोलेसनमा राखिएको नगरपालिकाले जनाएको छ । झापामा हालसम्म ७१३ जना संक्रमित भेटिएका छन् । 

सम्बन्धित समाचार