जिम्बाब्वेलाई नेपालले पेस गर्‍यो १८२ रनको चुनौती

19.9k Shares

काठमाडौँ, १८ बैशाख  । जिम्बाब्वे ‘ए’लाई नेपालले जितका लागि  १८२ रनको लक्ष्य पेस गरेको छ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भइरहेको टी२० शृंखलाअन्तर्गतको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट क्षतिमा १८१ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेलले ३१ बल खेल्दै ४६ रनको योगदान गरे। त्यस्तै आसिफ शेखले १६ बलमा ९ रन, रोहितकुमार पौडेलले २६ बलमा ३६ रन, दीपेन्द्र सिंह ऐरीले १३ बलमा २८ रन बनाए ।

आरिफ शेख ४ बलमा २ रन जोड्दा क्याचआउट हुनपुगे। ऐरीपछि ब्याटिङमा आएका महम्मद आदिल खान अर्धशतक बनाउन ३ रनबाट चुके। उनले २७ बल खेल्दै ४७ रन बनाए। त्यस्तै करण केसीले ४ बलमा ४ रन बटुले । नेपालले ९ अतिरिक्त रन उपहार पाएको थियो । 

जिम्बाब्वे एका लागि ब्राड इभान्स, ल्युक जोंग्वे, ब्रान्डोन माभुता र जोन मासाराले समान १÷१ विकेट लिए। मासाराले सर्वाधिक ४९ रन दिएका थिए। माभुताले २९, जोंग्वेले ४२, इभान्सले ३९ र विकेट लिन नसकेका न्याउचीले १९ रन दिए । 

सम्बन्धित समाचार