बालकोटमा एमाले सचिवालय बैठक जारी

20.7k Shares

काठमाडौं, ७ वैशाख । एमाले केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी ओलीको निजी निवास बालकोटमा एमाले सचिवालय बैठक बसिरहेको छ ।

आसन्न स्थानीय तह निर्वाचनको उम्मेदवारी छनोट, निर्वाचनको तयारीलगायतका विषयमा बैठकमा छलफल भइरहेको छ । 

सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि पार्टीको रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ । 

एमालेले राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, परिवार दलसहितका पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ ।

सम्बन्धित समाचार