रोशी शर्मा
नुवाकोट, १३ चैत । सरकारले घोषणा गरेको स्थानीयतहको निर्वाचन नजिकिएसँगै नुवाकोट जिल्ला दुप्चेश्वर गाउँपालिकामा चुनावी माहोलको होडबाजी चलेको छ । बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता यतिवेला गाउँतिर केन्द्रित हुन थालेका छन् ।
नेपाली काँग्रेसको प्रभाव मानिने दुप्चेश्वर गाउँपालिका अध्यक्ष पदका आकाँक्षीको रुपमा विभिन्न व्यक्तिहरु देखापरेका छन् । यसले गर्दा नेताहरुको अन्योलता झनै बढ्दै गएको छ । को—कस्लाई सहयोग गर्ने भन्नेमा तँछाड मछाड कै रुपमा देखिएको स्थानीय जनताहरु वताउँछन् ।
बर्तमान गाउँपालिका अध्यक्षदेखि पार्टीका विभिन्न जिम्मेवारी पदमा रहेका युवाहरु समेत आगामी स्थानीय तहको निर्वाचनमा आकाँक्षीको रुपमा अगाडी आएका छन् । हाल दुप्चेश्वरमा काँग्रेसबाट योविन्द्रमान सिंह तामाङ, रोजलाल मोक्तान देखिएका छन् ।
तर उनीहरुका वीचमा पनि कडा प्रतिस्पर्धा स्थानीयस्तरमा लोकप्रिय नेताकारुमा चिनिएका जनजाति युवा उत्थान परिषदका निवर्तमान अध्यक्ष, तामाङ युवा संघका निर्वतमान अध्यक्ष, निर्माण व्यवसायी, सामाजिक अभियान्ता, स्थानीयतहमा सवैसँग परिचित, सामाजिक कार्यमा सक्रिय रहेका समाजसेवी दुप्चेश्वर गाउँपालिकाका जनताहरुका ढुकढुकी युवा नेता सबै पार्टीका कार्यकर्ताहरु माझ साझा उम्मेदवार भनेर देखिएका विजय मोक्तान सक्रिय देखिन्छन् ।
उनी गाउँघरमा जनताहरुलाई परेको पिरमर्कामा हातेमालो गर्दै । मरन परेको स्थानमा होस या विवहा बर्तमानमाहोस खवर पाएपछिजनताको घर दैलोमा पुग्न सफल समाजसेवी सामाजिक अभियान्त पनि हुन ।
के छ आकाँक्षीहरुको विगत ः
योविन्द्रमान सिंह तामाङ

नेपाली काँग्रेसको तर्फबाट दुप्चेश्वर गाउँपालिकामा टिकट लिएर निर्वाचित भएका तामाङ निर्माण व्यवसायी पनि हुन उनको स्वभाविक उम्मेदवार मानिएको देखिन्छ । पार्टीको विभिन्नतहमा रहेर काम गरेका तामाङ हाल जिल्ला कार्यसमिति नुवाकोटको निर्वाचित सदस्य समेत रहेका छन् । नेपाली काँग्रेस पार्टी सभापति रमेश महत निकट पनि मानिन्छ ।
रोजलाल मोक्तान

मोक्तान दुप्चेश्वर गाउँपालिकामा गाउँ केन्द्रित राजनीतिमा सक्रिय युवा हुन् । आगामी स्थानीय तहको निर्वाचनमा गाउँपालिकाबाट अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने देखिन्छन् । नेपाली काँग्रेस पार्टीको विभिन्न तहको जिम्मेवारीमा रहेर काम गरेका नेता मोक्तान नेपाली काँग्रेस पार्टी दुप्चेश्वर गाउँपालिकामा निर्विरोध निर्वाचित सभापति सक्रिय नेताका रुपमा देखिन्छन् ।
बिजय मोक्तान

विभिन्न संघ सस्थामा रहेर दुप्चेश्वर बासीहरुको मन मस्तिकमा बस्न सफल । समाज सेवी, नुवाकोट जिल्ला तामाङ युवा संघका निर्वतमान अध्यक्ष, जनजाति युवा उत्थान परिषद नुवाकोटका अध्यक्ष नेपाल भूमि कन्स्ट्रक्सनका प्रोप्राईटर, स्थानीय जनताका जनमुखी नेताका रुपमा रहेका सवैका प्रिय पात्र बिजय मोक्तान डा. प्रकाशरणमहत, रामशरण महत, अर्जुन नरसिंह के.सी.का प्रिय पात्र हुन भने बहादुर सिंह लामाको समेत समर्थन पाएका मोक्तान दुप्चेश्वर बासीहरुले गाउँपालिका अध्यक्ष पदमा विजय मोक्तानलाई नजिकबाट हेरिरहेका छन् । गाउँ समाजमा अरु नदेखिएका चाहि होईन । राजनीतिक दौडमा देखिएका स्थानीय तहका युवाहरु सरोज के.सी, बिकेश पण्डितलगायत अन्यको नाम समेत चर्चामा आएको देखिन्छ ।