काठमाडौं । ज्योतिष विधामा पु¥याएको योगदानको कदर गर्दै युवा ज्योतिष नवराज भट्ट गुरुलाई दक्षिण एसियाली ज्योषित महासंघद्वारा काठमाडौंमा भएको अधिवेशनमा विश्व ज्योषित महासंघका अध्यक्ष डा. लोकराज पौडेलले प्रमाणपत्रसहित सम्मानित गरेका छन् ।
ज्योतिष क्षेत्रमा युवाहरुको माग बढ्दो क्रममा छ । त्यसै क्रममा एउटा ज्योतिषीको नाम आउँछ भट्ट गुरु सानै उमेरमा आफुलाई प्रख्यात देखाउन सफल यी ज्योतिषी बेला—बेला भाईरल पनि भैरहन्छन् । नायक पल शाहलाई छ महिना अगि शुक्र ग्रह र राहु ग्रह खराब छ केटीबाट बच्नुपर्छ भनेर मज्जाको अनलाईन युटुबमा भनेको कुरा अहिले टिकटक र युवटुब सबै सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
विशेस गरेर उनलाई कलाकारका ज्योतिष पनि भनिन्छ । भट्टकोमा थुप्रै कलाकार चिना देखाउनको लागि आउने गर्छन् । ज्योतिषी भट्टले आफू सम्मानित भएपछि निरन्तर यहि क्षेत्रमा लाग्ने सो कार्यक्रममा बताएका छन् ।