16.3k
Shares
काठमाडौं । महानगरीय प्रहरी वृत्त, गौशालाले बलात्कार गरेको आरोपमा प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ ।
आइतबार राति सोही वृत्तका प्रहरी जवान उपेन्द्र सिंहले २१ वर्षीया महिलामाथि बलात्कार गरेको आरोपमा पक्राउ गरेको हो ।
हिजो साँझ ७ बजेको घटना हो । पीडित महिलाले नै उजुरी दिएपछि हामीले उनलाई नियन्त्रणमा लिएका छौं, वृत्तका डिएसपी जितेन्द्र भण्डारीले भने । उनलाई म्याद थप गर्न जिल्ला अदालत लगिएको छ ।