एलआईसी नेपालले डाक्यो विशेष साधारणसभा : १००:८८.४५ हकप्रद जारी गर्ने

17.3k Shares

काठमाडौं/लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालको समितिको बैठकले विशेष सभा गर्ने निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिको बैठकले आउँदो माघ ३ काठमाण्डौको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजे सभा बोलाएको छ। 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ८८.४५५ अर्थात १००ः८८.४५ सेयर अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, हकप्रद सेयर जारी गरेपछि कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने हुँदा प्रबन्धपत्र र नियमावलीको दफाहरु संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । 

कम्पनीको प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने सन्दर्भमा नियमनकारी निकायहरुबाट आवश्यक संशोधन, परिमार्जन, थपघट तथा भाषिक संशोधन गर्न सुझाव वा निर्देशन आएमा सोहीअनुरुप आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। 

सभा प्रयोजनका लागि यसले पुस २५ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस २४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् । 

सम्बन्धित समाचार