सेनाकै हेलिकाेप्टरमा शिशुको जन्म

17k Shares

जुम्ला, १७ फागुन । नेपाली सेनाको हेलिकाेप्टरमा मुगुकी एक महिलाले शिशुलाई जन्म दिएकी छिन ।

खत्याड गाउँपालिका-४ की २० बर्षीया धनलक्ष्मी रावलले उद्धार गर्न पुगेकाे हेलिकाेप्टरभित्रै शिशुलाई जन्म दिएकी हुन्।

कर्णालीलगायत दुर्गम क्षेत्रका धेरै गर्भवति महिलाको सुत्केरी हुने क्रममा अकालमै मृत्यु हुने गरेको थियो ।

यही कारण सरकारले राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत दुर्गमका सुत्केरीलाई उद्धार गर्ने कार्यविधि बनेको छ ।

जसमार्फत मंगलबार मुगुबाट सुर्खेत लैजादै गरेकी महिलाले हेलिकाेप्टरभित्रै शिशुको जन्म दिएको नेपाली सेनाका मेजर बिलिना मल्लले बताइन ।

सम्बन्धित समाचार