19.1k
Shares
काठमाडौँ/आम नेपालीहरुमा नेपालको भूमि र नक्साको सुरक्षा गर्नको निमित्त जागरुक अभियान शुरु भएको छ । विशाल नेपालको नक्सा बिगत ३३ बर्ष देखि चाहने संघ/संस्था लगायत ब्यक्तिहरु थुप्रै भएकाले सबैलाई एकै छाना मुनि ल्याई विशाल नेपाल महाअभियानमा रुपान्तरण गर्न सुरेन्द्र ढकालको संयोजक्त्वमा महाअभियान सुरु भएको हो।
सन १८१५मा अंग्रेज र नेपालबीच भएको सुगौली सन्धि ,अन्तराष्ट्रिय कानून ,ईन्डियन ईन्डिपेन्डेस र नेपाल भारतबीच सम्पन्न भएको सन् १९५० को सन्धिको आधारमा कॅागडाबीचको विशाल भूमि नेपालको भएको कारण त्यसको प्राप्तिको लागि २०४६ सालदेखि आन्दोलनको शुरुवात भएको थियो ।

