ललितपुर । खेलकुदको ज्ञान नभएका खेलकुद मन्त्री र सदस्य सचिब खेलकुदमा आउने गरेकाले खेलाडीहरुको भबिष्य अन्धकार भएको नेपाली कांग्रेस यु्वा प्रभावशाली नेता राष्ट्रिय खेलकुद पुर्ब कोषाध्यक्ष, पुर्ब अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनले बताएका छन् ।

खेलकुद मन्त्री र सदस्य सचिबको अबधि १ बर्ष हुन्छ । उनिहरुले सिक्न र जान्न २ बर्ष लाग्छ । अनि खेलकुसको कसरी बिकास हुन्छ ? सितोरियो कराते डो ललितपुर जिल्ला कोन्ज्योसोम गाउँपालिका भारदेउ डोजोले आयोजना गरेको बेल्ट अपग्रेट कार्यक्रमका प्रमुख अतिथि रहेका महर्जनले बताएका थिए । त्यसैले चाहे खेलकुद मन्त्री होस् चाहे सदस्य सचिब होस् खेलकुद बुझेको खेलकुदमा भिजेको ब्यक्ति मन्त्री र सदस्य सचिब भएर आउनु पर्ने नेता महर्जनको तर्क रहेको थियो । नेता महर्जनले यस्तो दुर्गम ठाउँमा सयौ खेलाडी उत्पादन गर्नु हुने भारदेउ डोजो प्रमुख दिल बहादुर तामाङलाई कराते महासंघको तर्फबाट विशेष पुरुस्कारको ब्यबस्थापन गरिने सो कार्यक्रममा जनाएका थिए ।

राष्ट्रको पहिचान भनेकै खेलकुदको माध्यम नै हो । सितोरियो कराते डो ललितपुर जिल्ला कोन्ज्योसोम गाउँपालिका भारदेउ डोजोले आयोजना गरेको बेल्ट अपग्रेट तथा बृहत सांस्कृतिक कार्यक्रममा नेपाल कराते महासंघ सहायक प्रमुख प्रशिक्षक दिपक श्रेष्ठ, उसु खेलका अन्तर्राष्ट्रिय खेलाडी निकेश श्रेष्ठ, करातेका पुर्ब राष्ट्रिय खेलाडी रबि सिल्वाल, द्वारिका श्रेष्ठ, रन्जित महर्जन स्थानीय नेता दिपक मोक्तान, सुशील मोक्तान लगायतका उपस्थित रहेको थियो । करातेका पुर्ब राष्ट्रिय खेलाडी रबि सिल्वालले कराते प्रशिक्षणमा चाहिने आवश्यक सामाग्री डोजो प्रमुख दिल बहादुर तामाङलाई हस्तान्तरण गरेका थिए । कार्यक्रमको सभापतित्व भारदेउ डोजो प्रमुख सल्लाहकार तथा नेपाली कांग्रेस कोन्ज्योसोम गाउँपालिका नेता जिवन तामाङले गरेका थिए । उक्त बेल्ट अपग्रेट ६४ जना रहेको डोजो प्रमुख दिल बहादुर तामाङ्ले बताएका छन् ।


