19.6k
Shares
काठमाडौं, फागुन ११ । लोकगायक जयनन्द लामाको निधन भएको छ ।
वि.सं. २०१३ सालमा सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले लामो समय लोकगीत-संगीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका थिए ।
उनले गाएका 'कलकत्ते काइँयो...', 'चुइँ चुइँ चुइँकने जुत्ता...', 'सलल पानी...', 'हेर्दामा राम्रो..., 'सुर्तीको ठुटो...', 'मुलाको चाना...' लगायत थुप्रै लोकगीत लोकप्रिय छन् ।
सर्जक तथा स्रष्टाहरुले उनको निधनले नेपाली लोकगीत-संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । गायनसँगै उनी अभिनयमा पनि सक्रिय थिए । उनले दजनौँ चलचित्रमा अभिनय गरेका थिए ।