भविश्यकाे कर्णधार मात्रै हाेइन वर्तमानलाई  पनि एक झट्कामा बदल्न सक्छ जेनजी

8.9k Shares

- डी.बी.नेपाली
हाल विश्वभरिकाे सामाजिक संजाल,मिडिया,राजनीतिकवृत देखि चिया पसल लगायत घरघरमा सबैतिर  चर्चाकाे बिषय बनेकाेछ जनरेशन- जी (Gen-Z) मानव समाजकाे विकाससंग संगै तक्निकीकाे विकासले  राजनीतिक संरचना या व्यवस्थाकाे अवस्था अनुसार मानव मनाेविज्ञान (Human Psychology) एवं उसकाे कार्यशैली तथा उमेरलाई मानवशास्त्री या मानव विज्ञानबारे शाेध खाेज र अनुसंधान गर्ने  बिशेषज्ञहरुले  श्रेणीमा बिभाजित  गरेर उनिहरुले के के गर्न सक्छन भनेर त्यस प्रकारकाे मनाेविज्ञान उनिहरुकाे मन मस्तिष्कमा बिजाराेपन गरेर त्याे पुस्तालाई अप्रत्येक्ष रुपमा कुनै एउटा निश्चित विचार र शैलीकाे दास बनाइ दिएका छन् । 1928 -1945 Silent Generation,1946-1964 Baby Boomers, 1965-1980 Generation-X, 1981-1986 Generation-Y, 1987- 2012 Generation-Z, 2012-2024 Generation-A (Alfa)  And 2025....Generation-B (Beta) यसरी संसारभरिकाे मानव समाजलाई विभाजित गरिएकाे छ र त्यही अनुसार उनिहरुकाे बुद्धि विवेक, खानपिन, रहन सहन, कार्यशैली पनि किटान गरेरै ताेकिएकाे छ । निश्चित समयमा, निश्चित विचार अनुसार गर्ने काम र व्यवहार फरक फरक देखिन्छ । यी सबैलाई श्रेणीमा (Categorized) गरेर विभाजित Generation मा Generation-Z (Gen-Z) जेनजीकाे जन्म नै तकनिकी युगमा भएकाे कारण  उनिहरुकाे साेच्ने तरिका,काम गर्ने तरिका सबै टेक्निकल र डिजिटल छन्, एआइले  निर्देशन दिन्छ ।

याे पुस्तालाई कुनै शिक्षक या वेली विस्तार गर्ने दलालहरु चाँहिन्न्, उसलाई  त केवल कम्फर्ट चाँहिन्छ । सामाजिक प्लेटफर्म चाँहिन्छ ।जेनजीहरु सामाजिक संजाल र आफ्नु चाहना र इच्छा Comfort Zone मा एकदम मस्त भएर बिन्दास जिउन चाहन्छ । बिश्वकाे कुनै समाज या सरकारले यिनीहरुलाई ठिक नलागेकाे व्यवस्था या नीति नियम लाध्न खाेज्छ भने यिनीहरु चिंगारी भएर डढेलाे लगाउन कुनै समय पर्खे र बस्दैनन् । केवल १५ बर्षकी ग्रेटाथुनबर्गले  स्वीडनमा 2018 मा जलवायु परिवर्तन विरुद्ध  भविश्यकालागि शुक्रवार (Friday For Future)  भनेर शुरुगरेकाे आन्दाेलनले विश्वभरि ब्यापक चर्चा पायाे विश्वभरिका बिद्यार्थी लाखाैंलाखकाे संख्यामा सडकमा उत्रिए । यस्तै भ्रष्टाचार (corruption)  र विश्वकाभरिका कतिपय देशमा सत्ताकाे बागडाेर सम्हालेका राष्ट्र प्रमुखहरुले आफ्नु र आफन्तहरुलाई फाइदा पुग्ने खालका नीति नियम र विद्येयक ल्याउन थाले पछि उनिहरुकाे बिरुद्ध यिनै Gen-Z र Gen-Beta आगाे भएर सडकमा उत्रिए, केनिया, श्रीलंका, बंगलादेश, इन्डाेनेसियाका सडकहरुमा जेनजीले परिवर्तनकाे आगाे बाले ।

मै हुँ भन्ने गणतान्त्रिक तानाशाहहरुलाई ज्यान जाेगाएर भाग्न मजबुर पारे कतै नीति परिवर्तन त कतै सत्ता ढाले त्यस्तै जेनजीहरुकाे आवाज नेपालमा पनि उठन थाले पछि केपी र शेरेकाे घमण्डी मुर्ख सरकारले सामाजिक संजालले आन्दाेलनलाई बल मिल्छ जनता सचेत हुन्छन। यिनीहरुका भ्रष्टाचारका फाइल खुल्छन भनेर सामाजिक संजालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेकै अर्काे दिन १२-२८ बर्षका लाखाैलाख युवा बहुतै शान्त र संयम भयर सडकमा उत्रिए तर तिनकुनेकाे घटना जस्तै उल्टै आन्दाेलनकारीलाई नै मार्ने र दाेष पनि उनिहरु माथि नै थुपारेर जुँगा मठार्ने कुकुरकाे पुच्छर अन‌ैतिक गठबन्धनकाे सरकार नाबालिक स्कुले बच्चाहरुकाे निधार र छातिमा ताकी ताकी गाेली ठाकेर सत्ता टिकाउछु भन्ने घमण्डमा डुबेर पागल भएपछि २४ घण्टा पनि नबित्दै  ज्यान जाेगाएर सेनाकाे ब्यारेकमा गएर लुक्नु पर्याे सत्ता मात्रै हातबाट गएन अंझ‌ै पनि केही बर्ष देश लुटेर शासन चलाउछाैं भन्ने सपना, राजनीति, घरबार, पार्टी सबै जेनजी पुस्ताले आगाेमा खरानी बनाइ दियाे बिचरा अस्तु पनि बचाउन सकेनन् भने यसै आन्दाेलनकाे नाममा आन्दाेलनकारीले नै हाे या घुसपैठियाले हाे अदालत, सिंहदरवार, जेलहरुमा आगाे लगाएर कैदी भगाउनु, भ्रष्टाचारका फाइल,अपराधीका फाइल जलाउनु तथा राष्ट्रकाे सम्पत्ति खरानी बनाउनु जसले गरे पनि याे अत्यन्त निन्दनीय र निच कार्य हाे, पसलहरुमा ताेडफाेड र चाेरी गर्ने कार्यलाई पनि आन्दाेलनकाे असल पाटाेकाे रुपमा हेर्न सकिन्न । यस्ताे निंदनीय कार्यले सात दर्जन भन्दा बढी १०/११ बर्षका बच्चा लगायतकाे रतगले काेरिएकाे २४ घन्टामा सत्ता पल्टाउने ऐतिहासिक आन्दाेलनलाई दागी र मर्माहत बनाएकाे छ । 

अति गरे खति हुन्छ भन्या यही हाे १२/१५ का जेनजीहरुले राष्ट्रमा परिवर्तन त ल्याए तेसकाे लागि सबै जनताले उनिहरुकाे सराहना गरेका छन् धन्यवाद पनि दिएका छन् तर उनिहरुले जसलाई सत्ताकाे जिम्मेबारी दिए ति उचित पात्र हुन् कि हाेइनन् । अहिले याे आन्दाेलनका नायकहरुमा बिभाजन देखिनु राम्राे कुरा हुन सक्दैन र यस आन्दाेलनका केही नायकहरुकाे पर्दा पछाडि सहयाेगीकाे रुपमा  देखिएका र उनिहरुकाे सम्लग्नतामा वास्तविकता छ भने याे राष्ट्रकाे लागि बहुतै दुर्भाग्य हुने छ अहिलेसम्म वरवादै पारे पनि देश बचेकाे थियाे तर  अबकाे घटनाले गलत बाटाे समात्याे भने भाेलि नेपाल भन्ने स्वतन्त्र देशकाे कथा  ब्रिटिस या अमेरिकन लाइब्रेरीमा खाेज्न नपराेस । याे एकदिनकाे आन्दाेलनले परिवर्तन त ल्यायाे भन्छाैं तर सरकारकाे गठन काम कार्वाही नीति नियम र संविधान उही २०७२ कै छ । आन्दाेलन सफल भए पछि जेनजीकाे काँधमा राष्ट्रलाई भ्रष्टाचार रहीत सुशासनकाे व्यवस्था गर्ने जिम्मेवारी अंझै बढेकाे छ । वर्तमान चुनावी सरकारले भ्रष्टाचारलाई मात्रै एकसुत्रिए कार्यक्रम बनाउने हाे कि याे देशले धान्नै नसक्ने राष्ट्रलाई टाट पल्टाउने संरचनामा पनि परिवर्तन गर्ने हाे । संघीय व्यवस्था भएकाे वेला केन्द्रीय सत्ता परिवर्तन हुँदासाथ प्रदेशमा पनि परिवर्तन हुन्थ्याे । जेनजीकाे आन्दाेलनले केवल केन्द्रीय सत्ता मात्रै फालेकाे हाे कि त्याे व्यवस्था नै परिवर्न गरेकाे हाे यसबारे कसैले पनि केही चासाे लिएकाे देखिदैन ? बरु जेनजी आपसमै लड्न भिड्न थालेकाे देखिन्छ ।

हिजाे लखेटेका सेनाले जाेगाएका उनै तस्कर र भ्रटाचारी फेरि जुर्मुराउन मात्रै थालेका छैनन् जेनजीलाई च्यालेन्ज गर्न थालेका छन् । चुनाव त भन्याे आँखिर चुनाव त तिनै दलका नेताहरुनै लड्ने हाेलान, फेरि उही गठबन्धनकाे सरकार नै आउने देखिन्छ "घुम्दै फिर्दै रुम्जाटार" हाे भने  यसलाई परिवर्तन भन्न मिल्ला ? नेता भगाएर परिवतर्न  भन्न मिल्छ त, व्यवस्था परिवर्तन गरेर अवस्था परिवतर्न  भएकाे विगत तीन दशककाे इतिहास पल्टाउदा झन् कहाली लाग्दाे छ । हिजाे राजालाई ठिक छ‌ैन भनेर भगाए कै हाे । देश र जनताले के पायाे, सारा युवाहरु राेजगारी खाेजेर लाम लागि बिदेशीन बाध्य पार्ने व्यस्थालाई परिवर्तन भन्न मिल्छ । राजतन्त्रले स्थापना गरेका सबै उद्याेगहरु बेच्ने,जनतालाई शरणार्थी बनाएर बिदेश पठाउने,भिजिट भिसामा बिदेश पठाउने, तस्करी, भ्रष्ट र कमिशनखाेरकाे हातमा तीस,बत्तीस बर्षसम्म देशकाे शासन व्यवस्था सुम्पेर व्यवस्था परिवर्तनकाे हविगत देखि सक्या छाैं आज बहुसंख्यक जनता फेरी राजा आउ देश बचाउ भनेर सडकमा उत्रेकाे देखेकै छाैं त्यसैले याे देशमा शासन जेनजीले चलाओस,तिनै तीन दशके  असफल भ्रष्टाचारीले चलाउन या राजा ल्याएर चलाउ जाे जसले चलाए पनि याे देश मात्रै चलाउने हाेइन अब देश चलाउ संगै देश बचाउ अभियान पनि चलाउनु पर्छ ? याे देश र याे देश चलाउने जिम्मा मेराे या तेराे मात्रै हाेइन, नेताकाे पनि हाे ,राजनीतिक दलकाे पनि हाे, मजदुर किसानकाे पनि हाे, बिद्यार्थी युवाहरुकाे पनि हाे, राजाकाे पनि हाे, जनताकाे पनि हाे, स्वदेश या बिदेशमा जहाँ भए पनि हामी सबै नेपालीकाे हाे भन्ने भावना पलाओस। सत्तामा जाे आए पनि अब देश भ्रष्टाचार रहीत, तस्कर रहीत, कमिशनखाेर रहीत उहिले कै जस्ताे सुन्दर शान्त बिशाल नेपाल रहाेस ! 

सम्बन्धित समाचार