22.3k
Shares
काठमाण्डाै । ललितपुर महानगरपालिका वडा नम्बर २७ सुनाकोठीको बालकुमारी मन्दिरबाट हराएकाे मूर्ति भेटिएकाे छ ।
मन्दिरबाट गएकाे माघ ९ गतेदेखि हराएकाे बालकुमारीमाईको मूर्ति फेला परेकाे हाे ।
बालकुमारीमाईको मूर्ति हात्तीवनको कात्तिक तार, सशस्त्र प्रहरी क्याम्प, क्यासिक टावरसँगै भेटिएको प्रदेश सांसद राजकाजी महर्जनले बताउनु भयाे ।
आज बिहान स्थानीयले क्लासिक टावर पछाडिको मन्दिरमा बोरामा प्याक गरेको अवस्थामा शंकास्पद वस्तु भेटिएको भन्दै प्रहरीलाई खबर गरेका थिए ।
मूर्ति भेटिएपछि प्रमुख जिल्ला अधिकारी घनश्याम पोखरेल र प्रहरी परिसर प्रमुख एसएसपी यज्ञविनोद पोखरेल लगायत हात्तीवन पुग्नुभएको थियो ।